कांग्रेसकै कार्यकर्ताले लगाए सीटीईभीटी निर्देशक काफ्लेलाई कालोमोसो

कांग्रेसकै कार्यकर्ताले लगाए सीटीईभीटी निर्देशक काफ्लेलाई कालोमोसो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर– सत्तारुढ कंग्रेसको भातृ संगठन नेविसंघका कार्यकर्ताले बुधवार प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीईभीटी) स्तर निर्धारण महाशाखाका निर्देशक जीवनारायण काफ्लेलाई मोसो दलेका छन् ।

 

आफ्नै मातृ पार्टीका नेता तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठअन्तर्गतको सीटीईभीटीले सम्बन्धन दिएको विरोधमा नेविसंघले काफ्लेलाई कालोमोसो दलेको हो ।

 

 

नेविसंघले शुक्रबारदेखि सीटीईभीटीको प्रशासन प्रमुख, सदस्य सचिव, उपाध्यक्ष, स्तर निर्धारण महाशाखाका निर्देशकको कक्षमा ताला लगाएको छ । आजको कान्तिपुरमा खबर छ ।