वैशालीमा करेन्ट लागेर ९ जना तीर्थयात्रीको मृत्यु

वैशालीमा करेन्ट लागेर ९ जना तीर्थयात्रीको मृत्यु


बिहार–भारतको बिहार राज्यको वैशाली जिल्लामा करेन्ट लागेर ९ जना तीर्थयात्रीको मृत्यु भएको छ ।

अरु २ जना घाइते भएका छन् । यो घटना औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा भएको हो ।

हाइटेन्सन लाइनका कारण यो दुर्घटना भएको बताइएको छ । करेन्ट लागेर ९ तीर्थयात्रीको मृत्यु भएको सदरका एसडीपीओ ओम प्रकाशले बिबिसी हिन्दीलाई बताएका छन् ।

घटना आइतबार राति १०ः४५ बजे आसपास भएको बताइएको छ । घाइते दुई जनाको सदर अस्पतालमा उपचार भइरहेको छ ।

सुल्तानपुर गाउँ नजिकै तीर्थयात्रीहरू चढेको गाडीमा हाइटेन्सन तार खसेको थियो ।