अनलाइन ठगीबाट जोगिँदै प्रविधिको सुरक्षित प्रयोग गर्न साइबर ब्युरोको अनुरोध

अनलाइन ठगीबाट जोगिँदै प्रविधिको सुरक्षित प्रयोग गर्न साइबर ब्युरोको अनुरोध


काठमाण्डु – नेपाल प्रहरीको साइबर ब्युरोले अनलाइन ठगीबाट जोगिँदै प्रविधिको सुरक्षित प्रयोग गर्न अनुरोध गरेको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीले बुधबार अनुरोध जारी गर्दै स्पोन्सर्ड विज्ञापनमा लिंक पठाएर धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गर्ने र इसेवा र खल्ती जस्ता विभिन्न वालेट तथा बैंकिङ संस्थाबाट बोलेको भनेर ओटीपी मागेर पैसा ट्रान्सफर गर्ने जस्ता ठगी हुने गरेको जनाएका छन् ।

ब्युरोले विज्ञापनमा विश्वास नगर्न र व्यक्तिगत बैंकिङ खाताको सही सदुपयोग गर्न सबैमा अनुरोध गरेको छ ।