डा. केसीको स्वास्थ्य नाजुक, सुविधासम्पन्न अस्पतालमा लैजान सेती अस्पतालको आग्रह

डा. केसीको स्वास्थ्य नाजुक, सुविधासम्पन्न अस्पतालमा लैजान सेती अस्पतालको आग्रह


काठमाण्डु- कैलालीको धनगढीमा ८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई उपचारका लगि अन्यत्र लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ ।

सोमबार सेती अस्पतालले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर अनशनमा रहेका डा. गोविन्द केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै अन्यत्र लैजान आग्रह गरेको हो ।

अस्पतालले विशिष्टिकृत अस्वतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको पनि अस्पतालले जनाएको छ ।

डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेका थिए । अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।