दाङमा खानेपानी तथा सिंचाई योजना राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढ्छः मन्त्री पुन

दाङमा खानेपानी तथा सिंचाई योजना राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढ्छः मन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले दाङ उपत्यकाको खानेपानी तथा सिंचाईको समस्या समाधान गर्न  राष्ट्रिय गौरवको आयोजनाको रुपमा योजना अघि बढाउने बताएका छन् ।

बुधबार सिंहदरवारस्थित मन्त्री पुनको कार्यकक्षमा मन्त्री पुन र  प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलबिच भएको छलफलमा दाङ उपत्यकाको सिचाईको समस्या समाधानका लागि  राष्ट्रिय गौरवको आयोजनाको रुपमा योजना अघि बढाउने बताएका हुन् ।

प्रदेश ५ का मूख्यमन्त्री पोखरेलले दाङ उपत्यकाको खानेपानी तथा सिंचाईको समस्या समाधान गर्न संघीय सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।

मन्त्री पुनले दाङको खानेपानी तथा सिंचाईका लागि आफुले पहिलेदेखि नै पहिल गरिरहेको र कर्मचारीलाई आवश्यक निर्देशन समेत दिइसकेको बताउँदै योजनालाई मन्त्रालयले प्राथामिकतामा राखेर सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाए ।