डडेलधुरामा जिप दुर्घटना , मृत्यु हुनेको संख्या ४ पुग्यो

डडेलधुरामा जिप दुर्घटना , मृत्यु हुनेको संख्या ४ पुग्यो


डडेलधुरा- डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ आउंदै गरेको जीप डडेलधुरामा आज विहान दुर्घटना भएको छ । जिप दुर्घटनमा मृत्य हुनेको संख्या ४ पुगेको छ। एक जना घाइतेको डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए।

मृतकमध्ये ३ जनाको सनाखत भएको छ। घटनास्थलमै मृत्यु हुनेमा जिप धनी विनोदकुमार रावल, आर्दश गाउँपालिका–३ का वडाअध्यक्ष प्रेम बोहरा, आदर्श गाउँपालिकाकै लाल बोहरा रहेका छन्। डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप आज डडेलधुराको गन्यापधुरा गाउँपालीका–३ गजरौलामा दुर्घटना भएको थियो। दुर्घटनामा परि अन्य ७ जना घाइते भएका छन्।

घाइतेमध्ये २ जनाको डोटी र ५ जनाको डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाको कारणबारे हाल प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।