चितवनका मतदाता भन्छन् ‘हाम्रो पार्टी जे भएपनि प्रचण्डलाई हराउदैनौ’

चितवनका मतदाता भन्छन् ‘हाम्रो पार्टी जे भएपनि प्रचण्डलाई हराउदैनौ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर– पुत्र शोकको पीडालाई विस्तारै भुल्दै दोस्रोपटक सपरिवार भरतपुर पुगेका दाहालले यसपटक चुनावी अभियानका क्रममा घरदैलोलाई तीव्रता दिएका छन् ।

 

 

 

दाहालले माओवादी सशस्त्र युद्धका बेला ३९ जनाको ज्यान लिने गरी गराइएको स्थल माडीमा आयोजित चुनावी सभामा सम्बोधन गरी माडी घटना सशस्त्र युद्धकालकै सबैभन्दा दुःखद भनी टिप्पणी गर्न भ्याए ।

 

 

यो सम्बोधनपछि दाहालको पक्षमा त्यहाँका मतदाता उभिनसक्ने अवस्था बनेको माओवादी कार्यकर्ता बताउछन् । नेपालको चुनावमा ‘सेन्टिमेन्ट’ ले पनि अर्थ राख्ने गरेको छ । विगतका केही यस्ता उदाहरण पनि छन् ।

 

 

दाहाललाई पनि पुत्र शोकमा रहेको सेन्टिमेन्टले मद्दत गर्ने अनुमान लगाउने पनि कम छैनन् ।

 

 

 

(‘प्रकाश साँच्चिकै प्रकाश थियो । उसले जनताको भावना बुझेर माओवादी अध्यक्षलाई काम गर्न सघाउँथ्यो’, मेघौलीका ७५ वर्षीय नील चौधरी सम्झन्छन् । उनले भने, ‘दाहालपुत्री रेणु भरतपुर महानगरको मेयरमा उठेका बेला खानेपानीका लागि आवाज उठाउदा प्रकाशले आफैंले रकम निकासा गरे ।

 

 

आफूले दाहाललाई नचिने पनि उनका छोराको सहयोगको गुन तिर्छु ।’ कांग्रेस कार्यकर्ता उनी यसपटक भने प्रकाशको सहयोगप्रति नतमस्तक छन् । ‘पिता पुष्पकमलसँगै प्रकाश नदेख्दा आँखा रसायो’, उनले भने, ‘यस्तो आपत कसैलाई नपरोस् ।’

 

 

‘यसपटक बिनाकरकाप बाबु पुष्पकमललाई जिताउन मेरो मत हुनेछ ।’पुल्चोककी अनिता दवाडीले पनि प्रकाशको सम्झनामा यसपटक दाहाललाई मत दिने बताइन् ।

 

भरतपुर बजारका सूर्य दाहालले चितवन–३ मा विक्रम पाण्डेलाई पुष्पकमलको प्रतिस्पर्धी भन्न नमिल्ने तर्क गरे । मुलुकको भविष्य निर्माणमा राज्यलाई दिशा दिन सक्ने नेतृत्वका रूपमा आफूले दाहाल देखेको उनको धारणा छ ।

 

(मेघौलीका भीमसेन तामाङले आफूले चितवनको विकासका लागि र प्रकाशप्रति श्रद्धाञ्जली दिन मत दाहाललाई दिने बताउछन् । उनले भने, ‘सन्तान हत्या गर्ने हत्यारोले पनि सन्तान गुमाउन नपरोस् भन्ने भावना मेरो छ । आजको अन्नपूर्ण पोस्टमा चिरञ्जीवी ढुंगाना र अनिल ढकालले समाचार लेखेका छन् ।