दैलेख जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

दैलेख जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो


दैलेख – दैलेखमा बुधबार जीप दुर्घटना हुंदा मृत्यु हुनेको संख्या छ पुगेको छ। सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधबार बिहान ठाँटिकाँध गाउँपालिका-३ को धामीगाउँ नजिक दुर्घटनामा परेको हो। दुर्घनामा २ जना घाइते छन्।

मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही, चालक रमेश शाही, वडा नं.३ का २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिका वडा नं.१ का समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ।

क्षेत्रीका अनुसार घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। जिप सडकदेखि करीब ५० मिटर तल खसेको थियो। वडा नं. ३ का वडाअध्यक्ष कर्णबहादुर शाही लगाएतको टोली घटना पुगिसकेको छ। हालसम्म दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।