दक्षिण कोरियाका रक्षामन्त्रीले दिए राजीनामा

दक्षिण कोरियाका रक्षामन्त्रीले दिए राजीनामा


काठमाण्डु– दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले राजीनामा दिएका छन् ।

राष्ट्रपति युन सुक योलले सैनिक शासन लागु गर्ने निर्णय ६ घण्टामै फिर्ता लिएका र उनीविरुद्ध विपक्षीले महाअभियोग प्रस्ताव अघि बढाएपछि रक्षामन्त्री ह्युनले राजीनामा दिएका हुन् ।

उनको राजीनामा राष्ट्रपति युन सुक–योलले स्वीकृत पनि गरिसकेको सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।