काठमाण्डु – पूर्वसभामुख दमनाथ ढुंगानाको उपचारका क्रममा निधान भएको छ । ढुंगानाको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएमा त्यही उनको निधन भएको भान्जा सुरज भट्टराईले जानकारी दिए ।
कानुन व्यवसायको क्षेत्रमा पनि लामो समय काम गरेका ढुंगाना पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए ।
फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा ढुंगानाको आज दिउँसो दुई बजे उनको निधन भएको हो । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।
रिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।
प्रतिक्रिया