काठमाण्डु-समुद्री आँधी ‘दाना’ भारतको ओडिशा राज्यको तटमा ठोक्किएको छ । जसका कारण ठूलो वर्षा भइरहेको छ ।
समाचार संस्था पीटीआईका अनुसार भारतको मौसम विज्ञान विभागले आँधीका कारण भइरहेको वर्षाले ओडिशाका १६ जिल्लामा बाढीको खतरा उत्पन्न भएको भन्दै चेतावनी जारी गरेको छ ।
यो आँधीलाई ध्यानमा राखी राज्य सरकार तयारी अवस्थामा रहेको ओडिशाका मुख्यमन्त्री मोहन माझीले बताएका छन् । त्यस्तै आँधीका कारण पश्चिम बङ्गालमा पनि उच्च सतर्कता अपनाइएको छ ।
यस आँधीका कारण भारतका यी दुबै राज्यका करिब १५ करोड नागरिक प्रभावित हुने बताइएको छ भने १० लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रतिक्रिया