काठमाण्डु– सोमबार रुपन्देहीको दानव नदीमा बेपत्ता भएका २ जना बालकको शव फेला परेको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–२ बस्ने वर्ष १३ को उमेश यादव र बर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो ।
अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ मध्ये २ बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको हो ।
उनीहरुको खोजिको लागि राती नै सशस्त्र प्रहरी बल नेपाल– ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।
सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक कोइरालाको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शब फेला पारेको हो ।
बेपत्ता मध्ये १४ बर्षका राज यादबको शब भने सोमबार साँझ फेला परेको थियो ।
प्रतिक्रिया