दाङमा बस दुर्घटना एकजनाको मृत्यु, ३२ जना घाइते

दाङमा बस दुर्घटना एकजनाको मृत्यु, ३२ जना घाइते


दाङ – जनकपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ५ ख १८२९ न को यात्रुबाहक बस दाङको पहरुवामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।

दुर्घटनामा भारतीय नागरिक मोहम्मद मुर्वीको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।घाइते मध्ये ९ जनालाई लमहीमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज लगिएको छ । अन्य २३ जनाको लमहीमा उपचार भइरहेको छ ।

घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस तीव्र गतिमा भएको र चालक निदाएकोले गाडी सडकबाट खोलामा खसेको दुर्घटनामा घाइते यात्रु आयुष्मा थापाले जानकारी दिईन् ।