सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्रका असई छत्याललाई प्रधानमन्त्री ओलीको बिदाइ

सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्रका असई छत्याललाई प्रधानमन्त्री ओलीको बिदाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आईतबार बिदाइ गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गरे ।

यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहेका छत्याललाई सगरमाथा संवाद लेखिएको ब्यानर हस्तान्तरण गरिएको थियो । बिदाइ कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल लगायत सहभागी थिए ।

नेपाल सरकारको आयोजनामा आगामी जेठ २–४ गतेसम्म काठमाण्डुमा सगरमाथा संवाद हुँदैछ ।