काठमाण्डु-दार्चुलामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ ।
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृतक सात जना मध्ये ६ जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा, भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम रहेका छन् ।
यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरूको अवस्था गम्भीर छ ।
मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।
प्रतिक्रिया