यी १० पुराना गीत नबज्दासम्म दसैं आएको भान नै हुदैन !

यी १० पुराना गीत नबज्दासम्म दसैं आएको भान नै हुदैन !


काठमाण्डु– नेपालीहरुको महान चाड बडा दशैं घरआगनमा आइसकेको छ । रेडियो टिभीमा ‘दसैं’ बोलमा लेखिएका गीत गुञ्जीन थालीसकेका छन् ।गीत नसुनी धेरैलाई चाडपर्व आएको महसुस हुँदैन ।

दसैं लक्षित कैयौं गीत बनेका छन् । पछिल्लो समय त हरेक वर्ष दर्जनौं गीत आउने गरेका छन् । तर, केहि गीत यस्ता बनेका छन् जस्ले सदाबहार लोकप्रियताको स्वाद अरु गीतले भन्दा निकै बढि दिन सफल भएका छन् । कतिले यी गीतहरु नवज्दासम्म दसैं आएको जस्तो भाननै हुँदैन भन्ने समेत गरेका छन् ।

गीत सुन्दा साँच्चै दसैं आएको भान गराउने १० पुराना नेपाली गीतहरु :

१. दसैं आयो : “बर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो, नेपाली जनको महान पर्व आँगनमा आई पुग्यो” चलचित्र मुग्लानमा समावेश गरिएको यो गीतले बर्षै पिच्छे दसैं आएको आभाष दिलाउने गर्दछ । लोकनाथ सापकोटाको शब्द रहेको यस गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । गीतमा उदीत नारायण, दीपा नारायण, नारायण लामा र जुना प्रसाइँको आवाज रहेको छ । यो हरेक बर्ष सर्वाधिक बज्ने गीतमा पर्छ ।– गीत यहाँबाट हेर्न सकिन्छ

२. रातो टिका निधारमा : “रातो टिका निधारमा टलक्कै टल्कियो” यो गीतलाई पनि दसैंमा धेरै सुन्ने बजाउने गरिन्छ । अल्लारे चलचित्रमा समावेश रहेको यस गीतलाई अहिले “फिल्म रातो टिका निधारमा”को टाइटल गीतको रुपमा रिमेक गरेर राखिएको छ । पुरानो गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको आवाज रहेको छ भने रिमेकमा प्रमोद खरेल र मेलिना राईको आवाज रहेको छ । गीतमा सहदेव ढुङ्गानाको शब्द रहेको छ भने शम्भुजीत बास्कोटाको संगीत रहेको छ ।– गीत यहाँबाट हेर्न सकिन्छ

३. रातो टिका दसैंको जमरा : दसैंमा सर्वाधिक बज्नेरसुनिने अर्को गीतमा मन मन्दिर फिल्ममा समावेश रहेको रातो टिका दसैंको जमरा बोलको गीत रहेको छ । शम्भुजीत बास्कोटा र साधना सरगमको आवाज रहेको गीतमा शम्भुजीत बास्कोटाकै संगीत रहेको छ । फिल्ममा राजेश हमाल, निरुता सिंह लगायतको अभिनय रहेको छ ।– गीत यहाँबाट हेर्न सकिन्छ

४. एपिएफ दसैं गीत, धानकै बाला : “बर्षमा दिनको यो बडा दसैं कमेरो लाइएन, देश र जनता भन्दामा भन्दै घर जान पाइएन” सशस्त्र प्रहरी बल (एपिएफ)को यो गीत पनि दसैंमा अत्यधिक गुञ्जिने गरेको छ ।स्व. जयनन्द लामाको धानकै बाला झुलौला गीतलाई एपिएफ टिमले दसैंको गीतमा परिमार्जित गरेको हो । गीतमा दिपक कोइराला लगायत एपिएफ टिमको प्रस्तुती रहेको छ ।– गीत यहाँबाट हेर्न सकिन्छ

५. गुँड सम्झी फिरे चरी :“गुँड सम्झी फिरे चरी खुशी छायो गाउँ भरि दसैं आयो” यो गीत पनि दसैंमा धेरै बज्नेरसुनिने गीतमा पर्दछ । राजेश पायल राई र मनीषा पोखरेलको आवाज रहेको यस गीतमा प्रल्हादभक्त संग्रौलाको संगीत रहेको छ ।– गीत यहाँबाट हेर्न सकिन्छ

६. दसैं नै होकि :“दसैं नै होकि यो मेरो दशा फर्कि आएको” गायक योगेश्वर अमात्यको आवाज रहेको यो गीत पनि दसैंमा धेरै बज्नेरसुनिने गीतमा पर्दछ । प्रेमबहादुर बस्न्यात को शब्द सृजना रहेको यस गीतमा न्ह्यू बजा्रचार्यको संगीत रहेको छ ।– गीत यहाँबाट हेर्न सकिन्छ

७.दसैं आयो फर्कियो लाहुरे :“दसैं आयो फर्कियो लाहुरे गाँउ घरको मायालाई सम्झेर, खुशी हुँदै हाँसेकी आमा आँगनीको डिलैमा बसेर” । गायक सुनिल गिरीको आवाज रहेको गीतमा गिरीकै शब्द संगीत रहेको छ । यो पनि दसैं तिहारमा सर्वाधिक सुनिने गीतमा रहेको छ । गीतमा मौलिक पनलाई समेटिएको छ ।– गीत यहाँबाट हेर्न सकिन्छ

८. बर्षमा दिनमा :  “बर्षमा दिनमा लै लै हर्षका दिन यी लै लै दसैं तिहार चाड र बाड खुशीले सारा भर्यो नि संसार” गायक सुगम पोख्रेलको आवाजमा सजिएको यो गीत नसुन्ने कमै होलान् । विषेशत दशैं तिहारमा यो गीतले ठूलो स्थान पाउने गरेको छ । यो गीत पनि दसैं तिहारमा सर्वाधिक सुनिन्छ । रवि श्रेष्ठको शब्द रहेको यस गीतमा सुगम पोख्रेलकै संगीत रहेको छ ।– गीत यहाँबाट हेर्न सकिन्छ

९. बाटो हेरे हुन्छ है घरमा : “बाटो हेरे हुन्छ है घरमा यसपालीको दसैं र तिहारमा” यो गीत पनि दसैंमा अत्यधिक सुनिने गीतमा पर्छ । परदेश गएका यूवा दसैं तिहारमा घर आउने भएपछि परिवारमा छाएको खुसियालीलाइ गीतमार्फत् देखाउन खोजिएको छ । रेशम सापकोटा र विष्णु माझीको आवाज रहेको गीतमा रेशम सापकोटाको शब्द संगीत रहेको छ ।– गीत यहाँबाट हेर्न सकिन्छ