दशैंलाई लक्षित गरी बससेवा दिल्लीदेखी तुल्सीपुरसम्म

दशैंलाई लक्षित गरी बससेवा दिल्लीदेखी तुल्सीपुरसम्म


काठमाडौं – राप्ती टुर एन्ड ट्राभल्सले दशैलाइ मध्यनजर गरि भारतको दिल्ली देखि नेपालगन्ज, कोहलपुर, लमही, घोराही हुदै तुल्सीपुर सम्म दैनिक बस संचालन गरेको छ ।

दशैको अबसरमा ठुलो संख्यामा नेपालीहरु घर फर्कने क्रममा बाटोमा धेरै नेपालीहरु ठगिने लुटिने हुनाले स्वलाइ मध्यनजर गर्दै सुरक्षित घरसम्म यात्रा गराउन राप्ती टुर एन्ड ट्राभल्सले विषेश सेवा सुविधा प्रदान गर्ने भएको हो ।

विगत दुई वर्ष देखि दिल्ली देखि दाङ सम्म निरन्तर बस संचालन गर्दै आएको राप्ती टुर एन्ड ट्राभल्सले आगामी दिन देखि अझै भरपर्दो सेवा सुविधा प्रदानगर्ने राप्ती टुर एन्ड ट्राभल्स भारतका अध्यक्ष जितेन्द्र सिङले प्रतिबद्धता जाहेर गरे ।

अन्य यात्रा गर्ने क्रममा भारतको दिल्लीमा धेरै नेपाली दाजुभाइहरु लुटिने ठगिने हुनाले आगामी दिनमा राप्ती टुर एन्ड ट्राभल्समा यात्रा गर्न अध्यक्ष जितेन्द्र सिंहले विषेश अपिल गरेका छन् । त्यसैगरी राप्ती टुर एन्ड ट्राभल्सले भारतका विभिन्न राज्यमा आफ्नो संम्पर्क कार्यलय विस्तार गर्ने भएको छ, गतहप्तादेखि भारतको गोवा राज्यमा पनि संम्पर्क कार्यालय बिस्तार भएको छ ।

राप्ती यातायात व्यवसायी समितिका अध्यक्ष शुरेस हमालको प्रमुख उपस्थित भारतका अध्यक्ष जितेन्द्र सिहंको विषेश पहलमा सम्पर्क कार्यलय विस्तार भएको छ । जसमा सुनिल रावतको नेतृत्वमा प्रकाश थापा पुन साउथ गोवा सुनिल रावत सेन्टर गोवा उदय सेर्पाली नवथ गोवा र लोकेन्द्र सेर्पाली सल्लाहकार रहेका छन् ।