देउवालाई एमाले नेता नेपालको काउन्टर भने ‘प्रतिपक्षले आत्तिएर विरोध गर्छु भन्नु गलत ‘

देउवालाई एमाले नेता नेपालको काउन्टर भने ‘प्रतिपक्षले आत्तिएर विरोध गर्छु भन्नु गलत ‘


काठमाडाैँ – नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री माधबकुमार नेपालले संविधान कार्यान्वयन गर्न वर्तमान सरकारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा मंगलबार सम्बोधन गर्दै नेता नेपालले वर्तमान सरकारको महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।

नेपाली कांग्रेसले विगतमा पटक–पटक सरकारको नेतृत्वको अवसर पाएकोले वामपन्थी सरकारलाई सहयोग गर्न उनले सुझाव दिए । संसदीय व्यवस्थामा प्रतिपक्षले आत्तिएर शुरुदेखि नै विरोध गर्छु भन्ने कुरा गलत हुने बताए । ‘चुनाव जितेकोले अहंकार राख्नु हुँदैन, प्रतिपक्षले पनि शुरुदेखि विरोध गर्छु भनेर अतिवादी दृष्टिकोण राख्नु जरुरी छैन,’ उनले भने ।

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारलाई १ सय दिनको हनिमुन मनाउन नदिने चेतावनी दिएका थिए । उनले सांसदहरुलाई संसदमा कडा रुपमा प्रस्तुत हुन निर्देशन थिए ।