भक्तपुरमा एक पुरुष मृत फेला

भक्तपुरमा एक पुरुष मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडे निलबाराहीमा आइतबार बिहान ति पुरुष मृत फेला परेका हुन्।

आज विहान पिकनिक स्थलको पार्किङमा खोटाङको केपिलासगढी गाँउपालिका-२ घर भई हाल बोडे बस्ने ६६ वर्षका ओमप्रकाश राई मृत फेला परेको भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

उनी कबाडीको सामान संकलन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दाहिने कानको छेउ र टाउकामा चोट लागेको अवस्थामा शव फेला परेकाले हत्या भएको हुनसक्ने आशंका गरेको छ । नजिकैं रगत लतपतिएको ढुंगा समेत फेला परेको छ ।

शव पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ ।

प्रहरीले हत्याको आशंकामा अनुसन्धान अगाडि बढाएको छ।