राजावादीको आन्दोलमा मारिए २९ वर्षीय महर्जन

राजावादीको आन्दोलमा मारिए २९ वर्षीय महर्जन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– तीनकुनेमा भएको राजवादीहरुको प्रदर्शनमा प्रहरीको गोलि लागेका एक युवकको मृत्यु भएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका महर्जनको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले पुष्टि गरे । घाँटीमा गोली लागेका उनको ४ः३० बजे अस्पताल पुग्दानै मृत्यु भइसकेको थियो ।

उनको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।