काठमाण्डु–काठमाडौंमा २ व्यक्ति मृत फेला परेका छन् ।काठमाडौंका फरक फरक स्थानमा २ पुरुषको शव फेला परेको हो ।
टोखा नगरपालिका–५ बसुन्धारामा एक र गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलमा एक गरी २ जना पुरुष
मृत फेला परेका हुन् ।
बसुन्धारास्थित आफ्नै डेरामा ३१ वर्षीय कृष्ण पाण्डे मृत फेला परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका पाण्डे आफ्नै कोठामा मृत फेला परेको प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।
त्यसैगरी सुन्दरीजलस्थित आफ्नै कोठामा काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ बुधबार मृत अवस्थामा भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया