हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 सोलुखुम्बु– मकालु हिमाल आरोहणका क्रममा आज एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पा रहेको छ। आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार शेर्पाको आज बिहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो । उनी चिनियाँ ग्रुप लिएर संखुवासभा जिल्लामा पर्ने मकालु हिमाल आरोणमा गएका थिए।

शेर्पाको शव आज नै हेलिकप्टरमार्फत तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै काठमाडाँै लगी शवपरीक्षणका लागि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस