बझाङ भूकम्पमा परेर ४० वर्षीया गुनमति धामीको मृत्यु

बझाङ भूकम्पमा परेर ४० वर्षीया गुनमति धामीको मृत्यु


काठमाण्डु- बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका ११ स्थित ओखरकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको हाे ।

त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ। भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएको छ।