मुक्तिनाथ दर्शनमा हिँडेका भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु

मुक्तिनाथ दर्शनमा हिँडेका भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत– मुक्तिनाथ दर्शनका लागि मुस्ताङको मुक्तिनाथ पुगेका एक भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ।

आइतबार मुक्तिनाथ दर्शन गर्न जोमसोमबाट त्यसतर्फ जाँदै गर्दा भारतीय नागरिक ४५ वर्षीय श्रीवाचनको मृत्यु भएको हो। भारतको आन्ध्र प्रदेश एवी गुन्टुक घर भएका श्रीवाचन लेक लागेर बाटैमा ढलेपछि उपचारका क्रममा जोमसोम जिल्ला अस्पताल लगिएको थियो।
अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

मृतकको शव आफन्तलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए। रासस