क्यान्सरले थलिएका कांग्रेस प्रदेश ५ का संसदीय दलका नेताको निधन

क्यान्सरले थलिएका कांग्रेस प्रदेश ५ का संसदीय दलका नेताको निधन


रुपन्देही – प्रदेश नम्बर पाँचका नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो आफ्नै निवास रुपन्देहीको तिलोत्तमा १४ टिकुलीगढमा निधन भएको हो ।

गएको वर्ष माघमा छातीमा संक्रमण देखिएपछि काठमाडौस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा फोक्सोको क्यान्सर देखिएको थियो ।

प्रदेश सभाकै ज्येष्ठ सदस्य रहेका स्वर्गीय पोखरेल नेपाली कांग्रेसकोतर्फबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्य बनेका हुन् ।

१९९४ साल माघ १९ गते प्युठानको तुसारामा जन्मनु भएका पोखरेलले २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीतिक यात्रा थालेका थिए ।

पोखरेल २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल पनि परेका थिए । २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव भएका पोखरेल कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यसम्म बनेका थिए । स्वर्गीय पोखरेलका ४ छोरा २ छोरी र श्रीमती छन् ।