काठमाण्डु- फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दि ओरो प्रान्तको एक खानीमा मङ्गलबार गएको पहिरोमा परी पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेको एक सैनिक प्रवक्ताले बुधबार जानकारी दिएका छन् ।
जनवरी २८ देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोको चपेटामा परेको दाभाओ क्षेत्रको एक प्रान्त डिभाओ दि ओरो क्षेत्रका बाढी र पहिरोका कारण करिब आठ लाख मानिस प्रभावित भएको र २० जनाभन्दा बढीको मृत्यु भएको सरकारले जनाएको छ ।
सेनाको पूर्वी कमाण्डकी प्रवक्ता रोजा मा क्रिस्टिना रोसेट म्यानुएलका अनुसार उक्त क्षेत्रमा रहेको एक खानी कम्पनीका थप ४१ जना कर्मचारी अझै बेपत्ता छन् । म्यानुएलका अनुसार ४५ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ र उनीहरूलाई तत्काल हवाई मार्ग हुँदै यपचारका लागि पठाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया