काठमाण्डु – भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजंघा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र हालसम्म मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ ।
अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजंघा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेसन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो ।
घाइते ६० जना अस्पतालमा उपचाररत छन् । दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव दार्जिलिङ प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र रेलमन्त्रीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
मृतकका परिवारलाई सरकारले १०/१० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेको उपचारका लागि जनही साढे २ लाख दिने भएको जनाइएको छ ।
प्रतिक्रिया