टेनिस खेल्न नेपाल आएका अष्ट्रेलियाका खेलाडीको मृत्यु

टेनिस खेल्न नेपाल आएका अष्ट्रेलियाका खेलाडीको मृत्यु


काठमाडौं – जुनियर टेनिस खेल्न नेपाल आएका अस्ट्रेलियाका एक खेलाडीको मृत्यु भएको छ । बुधबार सातदोबाटोस्थित नेपाल लन टेनिस संघको कोर्टमा अभ्यासका क्रममा १५ वर्षीय केन्ट यामाजाकीको मृत्यु भएको हो ।

उनी अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटीएफ)को छनोट खेल खेल्न नेपाल आएका थिए । अखिल नेपाल टेनिस संघका कोषाध्यक्ष सञ्जय आमात्यले उनको मृत्यु भएको पुष्टि गरे ।

सोमबारबाट सुरु हुने आइटीएफ छनोट खेल्न उनी आफ्ना बुबासँगै नेपाल आएका थिए । घटना लगत्तै टेनिस संघले नेपालस्थित अस्ट्रेलियाली राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् लगायत सरोकारवालालाई यसबारे जानकारी गराइसकेको संघले जनाएको छ । राजदूतावासको पहलमा मृतकको शव अस्ट्रेलिया पठाइने बताइएको छ ।