काठमाण्डु – भारतीय क्रिकेट टीममा योगदान गरेर चर्चा कमाएका ५२ वर्षीय पूर्व क्रिकेटर डेविड जूड जनसनको निधन भएको छ ।
अपार्टमेन्टको चौथो तलाबाट खसेर उनको मृत्यु भएको छ । केही समययता उनको मानसिक अवस्था ठीक नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको शव परीक्षणका लागि अस्पताल पठाइएको छ । पूर्व भारतीय कप्तान अनिल कुंबले उनको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
उनले घरेलु क्रिकेटमा कर्नाटकको प्रतिनिधित्व गरेका थिए । सन् २०१५ मा उनले कर्नाटक प्रिमियर लीगमा खेलेका थिए ।
प्रतिक्रिया