कोरोना भाइरसबाट चीन बाहिर पहिलो पटक मानिसको मृत्यु

कोरोना भाइरसबाट चीन बाहिर पहिलो पटक मानिसको मृत्यु


मनिला– कोरोनाभाइरसबाट फिलिपिन्समा पनि एकको मृत्यु भएपछि चीन बाहिर पहिलो मृत्यूको घटना सार्वजनिक भएको छ ।

उक्त ४४ वर्षे बिरामी चीनको हुवेई प्रान्तको वुहानबाट फिलिपिन्स आएका थिए । कोरोनाभाइरस पहिलो पल्ट वुहानमा देखिएको थियो ।

उनी फिलिपिन्स आइपुग्नुपूर्व संक्रमित भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

हालसम्म कोरोनाभाइरसको संक्रमण सुरु भएपछि ३०० भन्दा बढीको ज्यान गइसकेको छ । विश्वभरी गरेर १४ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।

उक्त मानिसमा राजधानी मनिलाको अस्पतालमा भर्ना हुनु भन्दाअगाडि निमोनिया देखिएको फिलिपिन्स डिपार्टेन्ट अफ हेल्थले जनाएको छ ।

उनी एक चिनियाँ महिलासँग फिलिपिन्स आएका थिए । ती महिलामा पनि भाइरस पोजेटिभ पाइएको थियो ।

अमेरिका र अस्ट्रेलियाले हालैमात्र चीन भ्रमण गरेका विदेशीलाई आफ्नो मुलुकमा प्रवेशमा निषेध गरेका छन् ।

न्यूजिल्यान्ड, रुस, जापान, पाकिस्तान र इटाली लगायतका अन्य मुलुकहरुले पनि समान किसिमको भ्रमण प्रतिबन्ध लगाएका छन् ।