भारतमा बस र दूध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

भारतमा बस र दूध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु


एजेन्सी- उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा यात्रु बहाक डबल डेकर बस दूध ट्याङ्करमा ठोक्किदाँ १८ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनमा १९ जना घाइते भएका छन् ।

बुधबार उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ-आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले पछाडिबाट दूधको कन्टेनरमा ठोक्किएपछि दुर्घटना भएको भारतीय संञ्चार माध्यमले जनाएका छन् ।

प्रारम्भिक अनुसन्धानले बस अत्यधिक गतिमा रहेको औंल्याएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उचित उपचार सुनिश्चित गर्न अधिकारीलाई निर्देशन दिएका छन् । भारतमा हरेक वर्ष लगभग पाँच लाख सडक दुर्घटनामा एक लाख ५० हजार मानिसहरूको मृत्यु हुने गरेको अधिकारीले बताएका छन् ।