प्यालेस्टिनी शरणार्थी शिविरमा इजरायली आक्रमण हुँदा ३ जनाको मृत्यु

प्यालेस्टिनी शरणार्थी शिविरमा इजरायली आक्रमण हुँदा ३ जनाको मृत्यु


काठमाण्डु – वेस्ट बैंकस्थित प्यालेस्टिनी शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा ३ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले भने सशस्त्र आतंकवादीहरूमाथि आक्रमण गरिएको बताएको छ ।

उत्तरी वेस्ट बैंकको तुलकेरेम शिविरमा भएको आक्रमणको क्रममा ३ जनाको मृत्यु भएको रमल्लाहस्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत बताए ।

इजरायली सेनाले तुलकेरेममा राति ‘आतंकवाद विरोधी अभियान’ सञ्चालन गरेको बताएको छ । विज्ञप्ति अनुसार इजरायली सैन्य विमानले सशस्त्र आतंककारीहरूमाथि आक्रमण गरेको र स्थल सैनिकहरूले यस क्षेत्रमा सडकमुनि राखिएको बिस्फोटक पदार्थहरू फेला पारेका थिए ।

अगस्टमा वेस्ट बैंकमा इजरायली आक्रमणले प्रतिदिन औसतमा १ जना प्यालेस्टिनीको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सन् २००० को दशकको सुरुमा प्यालेस्टिनी विद्रोहको दोस्रो इन्तिफादाको समयमा वेस्ट बैंकमा इजरायली हवाई आक्रमणहरू बारम्बार हुने गरेको थियो ।

लामो समयको युद्धविरामपछि अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले गाजापट्टीमा पुनः युद्ध निम्त्याउँदा पछिल्लो समयमा इजरायली कब्जामा रहेको वेस्ट बैंकमा हिंसात्मक गतिविधिहरू बढिरहेका छन् ।