खोलामा डुबेर २ जनाको मृत्यु

खोलामा डुबेर २ जनाको मृत्यु


कृष्णनगर – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ ढोडेकोलमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ ।

शनिबार फूटबल खेलेर नुहाउन गएका २ किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटा छन् । खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषित गरेको जनाइएको छ ।