जापानिज इन्सेफलाइटिसको संक्रमणबाट घोडाघोडीका २ जनाको मृत्यु

जापानिज इन्सेफलाइटिसको संक्रमणबाट घोडाघोडीका २ जनाको मृत्यु


कैलाली – जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा २ जनाको मृत्यु भएको छ ।

संक्रमणबाट घोडाघोडी नगरपालिकाका २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिए ।

जोशीका अनुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो । जिल्लाका थप ४ जनामा संक्रमण पुष्टि भएको छ । गौरीगंगा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप ४ जनामा संक्रमण पुष्टि भएको जोशीले बताए ।

गौरीगंगामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय १ महिला र धनगढीमा ५ महिने बालकमा संक्रमण पुष्टि हो । गोदावरीका १ जना भने उपचारपछि घर फर्किसकेका छन् । अन्य संक्रमितको उपचार भइरहेको छ ।

पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गरेको चिकित्सकले बताउने गरेका छन् ।