इजरायली हवाई आक्रमणमा लेबनानमा ४ जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा लेबनानमा ४ जनाको मृत्यु


काठमाण्डु – इजरायली हवाई आक्रमणमा बुधबार मध्य लेबनानमा विस्थापित नागरिकहरूको आवासमा ४ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

माउन्ट लेबनान गभर्नरेटको चौफ जिल्लाको गाउँ वरदानिएहमा रहेको दार अल–सलाम होटललाई लक्षित गरी आक्रमण भएको थियो । होटलले दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणबाट भागेका शरणार्थीहरूलाई आश्रय दिइरहेको एनएनएले बताएको छ ।

सेप्टेम्बर २३ देखि इजरायलले लेबनानभरि व्यापक हवाई आक्रमणहरू सञ्चालन गरेको छ । आक्रमणले देशभरि लाखौं मानिसलाई विस्थापित गरेको छ ।