रूसी आक्रमणबाट ७ जनाको मृत्यु

रूसी आक्रमणबाट ७ जनाको मृत्यु


काठमाण्डु – युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा बन्दरगाहको पूर्वाधारमा रूसले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी ७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

पनामाका गभर्नर ओलेग किपरका अनुसार बुधबार पनामाको झण्डा फहराइरहेको एउटा कन्टेनर जहाजमा आक्रमण भएको थियो ।

किपरले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्भाग्यवश, हिजो रूसबाट भएको क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।’

बिहीबार बिहान बन्दरगाहमा काम गर्ने ४६ वर्षीय १ कामदारको अस्पतालमा मृत्यु भएको छ । ‘चिकित्सकहरूले सक्दो प्रयास गरे पनि उनको चोट निकै गम्भीर भएकाले घाइते श्रमिकलाई बचाउन सकिएन,’ उनले भने ।

किपरले यसअघि ब्ल्याक सी बन्दरगाह शहरमा विगत ४ दिनमा नागरिक जहाजमा भएको यो तेस्रो आक्रमण भएको बताएका थिए ।

युद्ध अवधिभर रुसले युक्रेनको तटीय ओडेसा क्षेत्रलाई निशाना बनाएको छ । डुङ्गा र अन्न बोक्ने जहाजमा प्रहार गरेको छ, जसलाई किएभले निर्यात क्षमता नष्ट गर्ने अवैध प्रयास भएको बताएको छ ।

सन् २०२२ को फेब्रुअरीमा रूसले आक्रमण गर्नुअघि युक्रेन विश्वको सबैभन्दा ठूलो खाद्यान्न निर्यातक मुलुकमध्ये एक थियो । तर यसको बन्दरगाह र भण्डारण सुविधाहरूमा पटक–पटकको आक्रमणले यसको उत्पादनमा गम्भीर कटौती गरेको छ ।

ओडेसा बन्दरगाहमा रूसी क्षेप्यास्त्रले पलाउ ध्वजाबाहक जहाजलाई ठक्कर दिँदा त्यसमा सवार १ जनाको मृत्यु भएको २ दिनपछि आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।