मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु


कैलाली – घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

सडकमा हिँडिरहेको अवस्थामा सुप प्र ०१०१० प १७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७८ वर्षीय मणिराम सापकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र कुमाल पालले जानकारी दिए ।

बिहीबार दिउँसो ४ बजेतिर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सापकोटाको घोडाघोडी अस्पतालमा पुर्‍याएलगत्तै मृत घोषणा गरिएको थियो ।

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ बेलारका २५ वर्षीय खडक रेग्मी प्रहरीको नियन्त्रणमा रहेको पालले जानकारी दिए ।