लेबनानमा ५ इजरायली सैनिकको मृत्यु

लेबनानमा ५ इजरायली सैनिकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले राति दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा ५ सैनिकको मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइते भएको विज्ञप्तिमा जनाएको छ ।

आईडीएफका अनुसार मारिनेहरूमा २ अधिकारीसहित आठौं सशस्त्र ब्रिगेडका जवानहरू थिए ।

इजरायलको सरकारी स्वामित्वको कान टीभी समाचारका अनुसार सैनिकहरूले गाउँमा आपूर्ति गरिरहेका बेला लेबनानी गाउँको एउटा घर अगाडि हिजबुल्लाहद्वारा रकेटले आक्रमण गरेको थियो ।

घटनामा ७ इजरायली सैनिकलाई सामान्य चोट लागेको र अन्य १० जना सामान्य घाइते भएको बताएको छ ।

घटनाले बुधबार र बिहीबार दक्षिणी लेबनानमा मारिएका इजरायली सैनिकको संख्या १० पुगेको छ, जबकि ११ गम्भीर घाइते भएका छन् ।

इजरायली वायुसेनाले बिहीबार दक्षिणी लेबनानमा हिजबुल्लाहको रडवान एलिट इकाईका कमाण्डर अब्बास अदनान मोस्लेमलाई मारेको छ ।

इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा २०० भन्दा बढी हिजबुल्लाह लक्ष्यहरू आक्रमण गरका विज्ञप्तिमा भनिएको छ ।