करेन्ट लागेर १ सैनिकको मृत्यु

करेन्ट लागेर १ सैनिकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका–८ दोभानमा करेन्ट लागेर नेपाली सेनाका १ सैनिकको मृत्यु भएको छ ।

करेन्ट लागेर बिहीबार बिहान सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ घर भएका नेपाली सेनाका २९ वर्षीय पदमबहादुर दियालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार करेन्ट लागेर डडेल्धुराको अमरगढी नगरपालिका–२ घर भएका नेपाली सेनाका २९ वर्षीय विनोद केसी र पाल्पाको रामपुर नगरपालिका–६ घर भएका सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि तत्काल हेलिकप्टरद्वारा आर्मी अस्पताल छाउनी काठमाण्डु पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले जानकारी दिए ।

सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।