काठमाण्डु – भारतीय प्रहरीसँगको भिडन्तमा १० जना माओवादी विद्रोहीको मृत्यु भएको छ ।
भारतमा लामो समयदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्ने प्रयासमा भारतीय सुरक्षा बलले शुक्रबार गरेको कारबाहीको क्रममा कम्तीमा १० जना माओवादी विद्रोहीलाई गोली लागेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि चलिरहेको आन्दोलनमा हालसम्म १० हजारभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको जनाइएको छ भने विद्राह छत्तीसगढ राज्यको दुर्गम जंगल क्षेत्रमा भएको थियो ।
‘अहिलेसम्म १० जना माओवादीको शवका साथै विद्रोहीबाट धेरै स्वचालित हतियारहरू बरामद गरेको छ,’ प्रहरीको माओवादी विरोधी कारबाहीका प्रमुख विवेकानन्द सिन्हाले भने ।
यसैबीच भारतका गृहमन्त्री अमित शाहले विद्रोहीहरूलाई आत्मसमर्पण गर्न वा पूर्ण आक्रमणको सामना गर्न चेतावनी जारी गरेका छन् ।
सरकारी तथ्यांकअनुसार सुरक्षा बलले गरेको कारबाहीमा यस वर्ष २०० भन्दा बढी विद्रोहीको मृत्यु भएको छ ।
प्रतिक्रिया