काठमाण्डु – रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको छ । आइतबार बिहान सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा पर्खाल भत्किएर पुरिँदा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पर्खाल भत्किएर पुरिँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रतिक्रिया