छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु


काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ त्रिभुवन चोकस्थित सडकमा बा ०६–००४ प १६७७ नम्बरको मोटरसाइकल भे१ज १३२६ नम्बरको गाडीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चुरे गाउँपालिका–१ बस्ने ३० वर्षीय बाल कृष्ण कँडेलको मृत्यु भएको छ ।

दुर्घनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल से६प ८७७७ नम्बरको स्कुटरसँग ठोक्किएर रोकी राखेको गाडीसँग समेत ठक्कर खाई दुर्घटना भएको थियो । गाडी चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–७ हात्तीखौवास्थित सडकमा रा१च १३०० नम्बरको भ्यान र रा७प ११३५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार लमही नगरपालिका–५ बस्ने ५० वर्षीया लिला भुसालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ काली मन्दिरस्थित सडकमा प्रदेश १–०१–००२ त ०२४९ नम्बरको ट्रयाक्टरले प्र १–०२–०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाकल चालक मोरङको रंगेली नगरपालिका–६ बस्ने ४३ वर्षीय बलराम सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।