काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकाको तारकेश्वरमा मिनी टिप्परको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
तारकेश्वर नगरपालिका–७ महादेवखोलास्थित सडकमा बा३ख ३३४४ नम्बरको मिनि टिप्परको ठक्करबाट पैदलयात्री झापाको दमक नगरपालिका घर भई तारकेश्वरमा बस्ने २५ वर्षीय सविना घलेका ३ वर्षीय छोरा दिप्सनकुमार धिमालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते धिमालको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया