पुल बनाउन खनेको खाल्डोमा खसेर सहायक हवल्दार रानाको मृत्यु

पुल बनाउन खनेको खाल्डोमा खसेर सहायक हवल्दार रानाको मृत्यु


काठमाण्डु – चितवनमा पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको छ ।

रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार साँझ करीब ११ बजेतिर नारायणगढ–मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर घाइते भएका थिए ।

मोटरसाइकलमा सवार राना चितवनको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोस्थित सडकको खाल्डोमा खसेर घाइते भएका थिए ।

प्रहरी सहायक हवल्दार रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहले बताए । खाल्डोमा खसेका रानालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको र उनको निधन भएको उनले जानकारी दिए ।

मोटरसाइकलमै सवार ३५ वर्षीय विकास सुनार पुन घाइते छन् । अनुहारमा चोट लागेका उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।