जुम्लामा हेलिकोप्टरको पंखा लागेर एक भारतीयको मृत्यु, प्रहरीले अनुसन्धान थाल्यो

जुम्लामा हेलिकोप्टरको पंखा लागेर एक भारतीयको मृत्यु, प्रहरीले अनुसन्धान थाल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक मेहेताको मृत्यु भएको जानकारी दिए

उनी कैलाश मानसरोवर दर्शन गर्न आएका थिए।

यसैबीच,उक्त घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ। हेलिकोप्टरका पाइलटले यात्रुकै गल्तीले मृत्यु भएको दाबी गरिरहेका बेला प्रहरीले अनुसन्धान थालेको हो।

तर, इन्जिन बन्द नगरी यात्रु झारेर असावधानी अपनाएको प्रश्न समेत पाइलटमाथि उठेको छ।  हेलिकोप्टरको पछाडीतर्फको पंखाले उनलाई काटेको हो।

हेलिकोप्टरले यात्रुलाई हिल्सा हेलिप्याडमा पुयाईसकेपछि सिमिकोटतर्फ उडानको तयारीको क्रममा सो घटना भएको हो। भारतीय नागरिक हिलकोप्टरको पछिल्लोभाग तर्फ गएकोले दुर्घटना भएको पर्यटन मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।