प्युठान – जिल्लाको सरूमारानी गाउँपालिका–२ स्थित सडकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लु८प ९७३० नम्बरको स्कुटर अनियन्त्रित भई आईतबार दिउँसो दुर्घटना हुँदा चालक ७१ वर्षीय एक बहादुर गुरूङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भालुबाङमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया