काठमाण्डु – नेपाल प्रहरीका वरिष्ठ प्रहरी हवल्दार ४३ वर्षीय ओमबहादुर विक रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
तनहुँको ऋषिङ प्रहरी चौकीमा कार्यरत विक रुपन्देही निवासी थिए । उनी सोमबार बिहान चौकी नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
उनी लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए ।
‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने । विकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको जनाइएको छ ।
प्रतिक्रिया