काठमाण्डु – अर्घाखाँची जिल्लामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
लु२ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।
घाइतेमध्ये ७ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र ८ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया