काठमाण्डु – रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सडक दुर्घटनामा मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका–२ जानकीनगरका स्थायी वासिन्दा पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका–१० चौराहमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका निरीक्षक धर्मराज खत्रीले बताए ।
बुधबार दिउँसो आफैंले चलाएको लु३६प ८४४८ नम्बरको मोटरसाइकलमा बुटवलतर्फ जाँदै गरेका बा ०१०३१ च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा दुर्घटना भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरिएको छ ।
प्रतिक्रिया