काठमाडौं – संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द कोयारको १ सय वर्षको उमेरमा निधन भएको छ ।
दुई कार्यकाल राष्ट्रसंघको महासचिव भएका उनलेले दक्षिण अमेरिका, अफ्रिका, एशिया र मध्यपूर्वका देशमा शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सन् १९८१ मा उनी पाँचौं महासचिव नियुक्त भएका थिए । दक्षिण अमेरिकी क्षेत्रबाट उनी पहिलो महासचिव बनेका थिए ।
उनकै कार्यकालमा इरान र इराकबीच सन् १९८८ मा युद्धविराम भएको थियो । राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले कोयारको निधनको खबरबाट आफू अत्यन्त दुःखित भएको बताए ।
पेरुका राष्ट्रपति मार्तिन भिसकाराले ट्वीट गर्दै कोयार लोकतन्त्रवादी रहेको र उनको प्रतिभाका कारण पेरु विश्वभर चिनिएको बताएका छन् ।
प्रतिक्रिया